नायिका वर्षा शिवाकोटी सोसियल मिडियामा एकदमै एक्सप्रेसिभ छिन्। राम्रो लागेको कुरा होस् या चित्त नबुझ्दो कुरा या त व्यङ्ग्य नै गर्न किन नपरोस् उनी फेसबुकलाई नै आफ्नो हतियार बताउछिन्।

विरविक्रम २ चलिरहदाँ उनि आफू पनि चलेको र आफू चल्नुको श्रेय निर्देशक मिलन चाम्सलाई दिदैँ फेसबुकमा आफ्नो स्टाटस सेयर गरेकी छिन्।

नायिका वर्षा शिवाकोटीले एउटा मुस्कानबाट आफ्नो फिल्म करियर सुरुवात गरेको र त्यसपछि विभिन्न टिम र निर्देशकसँग काम गरेपनी न त आफू हाँस्न सकेको र फिल्मलाई पनि हसाँउन नसकेको बेला मिलन चाम्स भगवान बनेर आएको भाव ब्यक्त गर्दै स्टाटस सेयर गरेकी छिन।

मिलन चाम्ससङको सहकार्य आफ्नो जीवन र करियरको टर्निङ पोइन्ट बनेको भन्दै उन्ले निर्देशकको खुबै तारिफ गरेकी छिन। आफैले अर्को फिल्मको लागि चिल्लो लाएको भन्दै सधै काम गर्न तयार रहेको बताएकी छिन।चाम्सलाई फिल्मको फ्याक्ट्री मात्र नभई शृजनशिलता,लगनशिलता,व्यावसायिकता र मानबियताको फ्याक्ट्री भएको र आफुलाई आफू बनाइदिएकोमा आभार ब्यक्त गरेकी छिन।

निर्देशकसँग नाम जोडिएर गसिप बनेको कुरालाई जोड्दै र अझै जोडिने कुरामा अलि बिश्वास देखाउदै उन्ले राम्रो लाई राम्रो भन्न चाम्सबाट नै सिकेको भन्दै यस्ता गसिपलाई पनि टाउको दुखाउने विषयका रुपमा नलिने किनकी चाम्स सँगकै सहकार्यले आफू ‘म’ बनेको र यो यात्रा जुराइदियेकोमा धन्यवाद दिएकि छिन।

निर्देशक मिलन चाम्सप्रति वर्षाको किन यति धेरै बिश्वास ? के साच्चै मिलनले नै गर्दा बर्षा , बर्षा बनेकी हुन त ? पशुपती प्रसादको कामबाट धेरै तारिफ पाएकी वर्षा को यी शब्द पशुपति प्रसादको निर्देशकको लागि किन आएन त्यो त वर्षा नै जानुन्।

For More videos Log on to Mazzako TV