तेस्रो हप्तामा ‘मनले मनलाई छुन्छ’, बिरेन भन्छन् ‘केटो अब निर्देशक बन्छ’
स्वं. शिव रेग्मी निर्देशित चलचित्र ‘मनले मनलाई छुन्छ’ले अझै पनि हलहरुम राम्रो ब्यापार गरिरहेको निर्माता तथा नायक विरेन श्रेष्ठले जानकारी गराएका छन् । काठमाण्डौं तथा मोफसलका केही हलहरुमा चलचित्रले तेस्रो हप्ताको ब्यापार गरिरहेको छ ।
‘चलचित्रको सफल्ताको लागि माउथ पब्लिसिटीले राम्रो काम ग¥यो’ श्रेष्ठ बताउछन् ‘अब भने केटोले फिल्म पनि आफै निर्देशन गर्नेछ ।’ उनी यतिबेला तीनवटा नयाँ स्क्रिप्ट हेरिरहेका छन रे । ‘यी तीन मध्ये एउटा स्क्रिप्टमा रहेर फिल्म निर्देशन गर्छु’, मज्जाको अनलाईनसँग गफिदै श्रेष्ठ बताउछन् ।
चलचित्रको निर्देशन आफुले गर्ने भएपनि चलचित्रमा आफु भने कलाकारको रुपमा नरहने उनले जनाकारी गराएका छन् । चलचित्रको शीर्षक र कलाकारहरु तथा प्राविधिकहरु चाडै फाईनल गरिने पनि उनी बताउछन् । मिराकल मिडिया प्रा लि आफ्नै ब्यानरबाट चलचित्र बनाउने बिरेनको योजना छ ।
For More videos Log on to Mazzako TV