दोश्रो सातामा प्रवेश गर्दा पनि जात्रै जात्राको व्यापार उस्तै छ । यो फिल्मको व्यापारमा कुनै गिरावट आएको छैन । फिल्मको व्यापारमा गिरावट नआउनुको कारण, यसको ‘वर्ड अफ माउथ’ हो ।

फिल्म हेर्ने सबैले यसलाई राम्रो भने । अझ, उत्कृष्ट भनेका छन् । कमेडी कथामा बनेको फिल्म उत्कृष्ट हुँदा दर्शकलाई परिवारसहित आउन गाह्रो परेको छैन ।

दोश्रो सातामा त अब, स्कुलका विद्यार्थीदेखि परिवारको भीड लाग्न थालेको छ । फिल्मको प्रचार उत्कृष्ट भयो । फिल्म चलेपछि स्वस्फूर्त रुपमा दर्शकले फेसबुकमा लेखेर यसको प्रशंसा गरेका थिए ।

यसैले पनि दोश्रो सातामा पनि सिनेमाको शोमा कुनै कमी आएको छैन । जात्रै जात्राले अर्को सन्देश पनि दिएको छ । नेपाली फिल्म नै चलेन भनेर बस्ने फिल्मीकर्मीले, दर्शकले मन पराएको खण्डमा फिल्म चल्छ भनेर वुझ्न आवश्यक छ ।

For More videos Log on to Mazzako TV