नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ को छायांकन सुरु भएको छ ।आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्म दिपेन्द्र लामाले निर्देशन गर्दै छन् । फिल्मका निर्माता रोहित अधिकारीले फेसबुकमा स्ट्याटस पोस्ट गर्दै फिल्म फ्लोरमा गएको जानकारी गराएका हुन् ।

करिब ४० वर्ष उमेर अन्तर रहेको जोडीको कथा भन्ने फिल्ममा दिपकराज गिरी,केदार घिमिरे, केकी अधिकारी, दीपा श्री निरौला र जितु नेपाल फाइनल भएका छन् । दिपाश्री निरौला सल्लाहकार निर्देशकको रुपमा रहेको फिल्म आउँदो बर्षको दशैंमा रिलिज हुने बताइएको छ ।

For More videos Log on to Mazzako TV