नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडी पछिल्लो समयमा निकै रुचाइएको जोडी हो। ‘रामकहानी’मा सँगै स्क्रिन सेयर गरेका यी जोडीको केमिस्ट्री दर्शकले औधी मनपराए। ‘रामकहानी’ पछि ‘समालिन्छ कहिले मन’मा दोहोरिएका पूजा र आकाश फेरि ‘पोई पर्यो काले’ मा सँगै काम गर्दैछन् ।

पूजा र आकाशको स्क्रिनको मात्रै निकट केमिस्ट्री होईन वास्तविक जिवनमा पनि यी दुई निकै नजिक छन्। सार्वजनिक कार्यक्रममा पनि सँगै देखिने आकाश र पूजा एक अर्काको सोसियल मिडिया अकाउन्टमा पनि राम्रो स्पेस पाएका छन्।

पूजाकाका फ्यानले पूजालाई ‘दिदी’ अनि आकाशलाई ‘भिनाजु’को ट्याग दिएका छन्। उनीहरूलाई ‘पुआ’ जोडीको संज्ञा पनि उनीहरुको फ्यान फलोअर्सले नै दिएका हुन् । केही हप्ता अगाडी फ्यानहरूले आयोजना गरेको पूजाको बर्थडे सेलेब्रेसनमा पनि पूजा र आकाश सँगै थिए। एक अर्काको निकै केयर गर्छन् यी दुई।

यो केयर, निकटता केवल मिल्ने साथीको लागि हो या यि दुई बिच केही पाक्दैछ ?

For More videos Log on to Mazzako TV