नायिका प्रियंका कार्की फेरि पनि आफ्नो पहिरनका कारण सामाजिक सञ्जालमा ट्रोल्ड बनेकी छिन्।
७२ औ कान्स फिल्म फेस्टिवलमा नेपालको प्रतिनिधित्व गर्दै फ्रान्स गएकी प्रियंकाले माइकल ज्याक्सनको फेमिलीले आयोजना गरेको पिस नाईटमा लगाएको पहिरन ठ्याक्कै अर्की नायिका नम्रता श्रेष्ठले प्रसाद चलचित्रको प्रिमियरमा लगाएको जस्तै छ।

नम्रता र प्रियंका ले लगाएको डिजाइन मिल्नुको प्रमुख कारण उनिहरुको डिजाइनर एउटै हुनु हो। नायिका कार्की आफु सगै कान्स गएकी डिजाइनर सिवाङ्गी प्रधानको डिजाइनमा प्रस्तुत भइरहेकी छिन् र सिवाङ्गीकै डिजाइनमा नम्रताले प्रसादको प्रिमियर अटेण्ड गरेकी थिइन्।

सिवाङ्गीले दुई अभिनेत्रीको लागि एउटै डिजाइन किन गरिन् र के साँच्चै प्रियंका यो कुरामा अनभिज्ञ थिईन् या राम्री देखिने र देखाउनेको होडमा यी सबै कुरा बिर्सिए यो त उनिहरूले नै जानुन् ।

For More videos Log on to Mazzako TV