चलचित्र ‘माया बस्छ कि के हो…को निर्माण घोषणा भएको छ । शरद अधिकारीको प्रस्तुति रहेको यस चलचित्रमा राजु अधिकारीले निर्देशन गर्नेछन् । जनकपुर मिडिया हाउस प्रालिको ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रमा बहादुर सिंह तामाङ, कृष्ण गिरी कार्यकारी निर्माता रहेका छन् ।

आउँदो असार दोश्रो साता देखि युरोपका बिभिन्न स्थानका साथै लण्डनमा समेत छायांकन गरिने यस चलचित्रलाई रविन्द्र बरालले छायांकन गर्ने छन् । चलचित्र मा आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत रहने छ । चलचित्रका कलाकार हरुमा सोनाल तामाङ, कस्मता निरौला, धु्रव दत्त, बेनी ढुंगाना लगाएत रहेका छन् ।

For More videos Log on to Mazzako TV