चलचित्र निर्देशक समाजको कार्यसमितिका ६ जना पदाधिकारीले एकैचोटी आफ्नो पदबाट राजिनामा दिएका छन् । कार्यसमितिमा रहेका ६ जनाले बैशाख १२ गते सयुक्त रुपमा राजिनामा दिएका हुन् । निर्देशक समाजमा अध्यक्ष दिनेश डिसीले एकलौटी निर्णय गरेको र आफै सर्वेसर्वा भएको भन्दै राजिनामा दिईएको हो ।

राजिनामा दिनेमा महासचिव ऋषि लामिछाने, प्रथम उपाध्यक्ष राजु केसी, सचिव श्यमा भट्टराई, सह कोषाध्यक्ष गोपालचन्द्र लामिछाने, सदस्यहरु आर वी के शरद र महेश प्रसाद ढुङ्गेल रहेका छन् । “संस्था अध्यक्षको एकलौटी जस्तो भयो, संस्थाको हितको लागि नै हामीले राजिनामा दिएका हो”, ऋषि लामिछाने बताउछन् ।

भर्खरै पोखरामा सम्मन्न वर्कसपबाट असन्तुष्ट बनेपछि उनीहरुले राजीनामा दिएको बुझिएको छ । कार्यसमितिले गरेको र प्राथमिकतामा रहेको निर्णयलाई लत्याउदै अध्यक्षबाट ब्यक्तिगत रुपमा अगाडी बढ्ने कार्य भएकोले तथा आर्थिक अपारदर्शिताको कुरा पनि राजिनामा पत्रमा उल्लेख गरिएको छ ।

1

2

For More videos Log on to Mazzako TV