अभिनेता अनमोल केसी र हलमा प्रदर्शन भैरहेको फिल्म जात्रै जात्राका निर्देशक प्रदिप भट्टराइले एकसाथ काम गर्ने चर्चा चलिरहेको छ । आइतबार अभिनेता भूवन केसी प्रदिपको निर्देशनमा बनेको फिल्म हेर्न पुगेका थिए । सो समयमा भूवनले प्रदिपसँग अनमोलले काम गर्ने बिषयमा समेत बोले ।

निर्देशक भट्टराइले पनि यो बिषयमा कुरा अघि बढिरहेको बताएका थिए । उनले, अनमोलले लभ स्टोरी कथामा काम गर्ने र आफूले कमेडी सिनेमा बनाउने भएकाले पनि विचको कथा खोजिरहेको बताएका थिए । यस्तै, अभिनेता भूवन केसीले अनमोल र प्रदिपले एकसाथ काम गरे सुनमा सुगन्ध हुने बताएका थिए ।

अभिनेता केसी र प्रदिपले फिल्ममा काम गर्ने बिषयमा चर्चा चलिरहेको छ । यो संभव भएमा दुबैका फ्यानका लागि खुशीको कुरा पनि हुनेछ ।

For More videos Log on to Mazzako TV