एउटा म्यूजिक भिडियोमा एकसाथ काम गरेपछि अभिनेत्री नीता ढुंगाना र अभिनेता आमेष भण्डारीको प्याचअप भएको चर्चा सुरु भएको छ । नीता र आमेष केही बर्ष अघि प्रेममा थिए । तर, अहिले उनीहरुको प्रेममा ब्रेकअप भएको छ ।

ब्रेकअपछि एकसाथ देखिन छाडेका उनीहरु म्यूजिक भिडियोमा काम गरेपछि भने सँगै देखिन थालेका छन् । तर, उनीहरुले आफूहरुको प्याचअप भएको कुरा भने अस्विकार गरेका छन् । उनीहरुका अनुसार, यो प्याचप होइन । तर, दुबैको मनमा एकअर्कासँगको सम्मान छ ।

यस्तै, उनीहरुले जीवनको जुनसुकै मोडमा गएपनि दुई जनाको प्रेमलाई नविर्सिने बताएका छन् । फूलै फूलको मौसम तिमीलाइमा काम गरेपछि परेको प्रेम यो फिल्म रिलिजपछि टुटेको थियो ।

For More videos Log on to Mazzako TV