काठमाण्डौ…..हमालको सपना ?
‘यो के हो ?’, ‘काठमाण्डौ’… ‘होईन यो मेरो सपना हो ।’
महानायक राजेश हमालको यही डार्यलगको साथमा शुरु हुन्छ चलचित्रको नयाँ प्रोमो । चलचित्रको नाम हो ‘मुखौटा’ । निकै फरक शैलीको यो ट्रेलर युट्युबाट सार्वजनिक गरिएको छ । चलचित्र ‘मुखौटा’को केही दिन अघि पोष्टर र टिजर रिलिज गरिएको थियो । पोष्टर र टिजरबाट राम्रो प्रतिक्रिया पाएपछि २ मिनेट २० सेकेन्डको नयाँ प्रोमो हालै सार्वजनिक गरिएको छ ।
चलचित्र ‘मुखौटा’मा महानायक राजेश हमाल, सुनिल थापा, सौगात मल्ल, दयाहाङ्ग राई, निशा अधिकारी, रविन तामाङ्ग, हर्षिका श्रेष्ठ र अर्पण थापालाई निकै फरक गेटअप र शैलीमा देख्न पाईनेछ । चलचित्रमा मुख्य भुमिका निर्वाह गरेका अर्पण थापाले नै फिल्मको निर्देशन गरेका हुन् ।
पोष्टर र ट्रेलरले नै दर्शकलाई निकै उत्सुक बनाईरहेको चलचित्र ‘मुखौटा’ यही जेठ १६ गतेबाट नेपाल सहित विभिन्न मुलुकहरु पनि रिलिज हुनेछ । चलचित्रको पोष्टर, प्रोमो र कलर करेक्सनमा निकै मेहनत गरेको निर्माण युनिटले जानकारी गराएको छ ।
चलचित्र मुखौटाको पोष्टर यस्तो छ ।