युवा युवा बिच सञ्जाल बढाउने उद्देश्यका साथ काठमाण्डौमा एक कार्यक्रम हुने भएको छ । युवा सम्मेलित संस्था टेडएक्स ज्ञानेश्वरको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा एक अर्कासँग सञ्जाल बढाउने विषयमा अन्तकृया हुने छ । नेपाली समाजमा एक अर्काप्रति सञ्जालको महत्व,यसले दिने फाइदा लगायतका विषयमा बिभिन्न क्षेत्रमा कार्यरत ८ जना ब्यक्तित्वहरुले आ आफ्नो धारणा राख्ने छन् ।
शुक्रवार काठमाण्डौको ज्ञानेश्वरमा आयोजना हुने उक्त कार्यक्रमका लागी सम्पुर्ण टिकट बिक्रि भइसकेको आयोजक पवन बमले जानकारी दिए । उक्त कार्यक्रममा एहमद दुल्ला,डा घनश्याम गुरुङ, एलेन बाइलोचन तुलाधर, डा रबिना देशराज श्रेष्ठ, हेमराज ढकाल, कैलाश पाण्डे, रोहित तिवारी र स्मृती तुलाधर लगायतका ब्यक्तित्वहरुले एक अर्काबिच सञ्जाल बढाउनुको महत्वका विषयमा आफ्नो धारणा प्रस्तुत गर्ने छन् ।
कार्यक्रमले व्याक्तित्व बिकास गर्नुको साथै एक अर्काप्रति मित्रवत व्यवहारका लागी समेत अभिप्रेरित गर्ने आयोजक बमको दाबी छ ।

For More videos Log on to Mazzako TV