फिल्म विर विक्रम २ हेर्न पुगेका अभिनेता भूवन केसीले यो फिल्मको प्रशंसा त गरेका छन् । साथमा, उनले सिनेमा क्षेत्रमा आफूलाई विर भनेर विक्रम को समेत भनेका छन् । सिनेमा हेर्न सँगै पुगेका अभिनेता शिव श्रेष्ठलाई उनले विक्रम भनेका छन् ।

भूवनले आफू र शिव नै विर विक्रम भएको बताए । आफूहरु २ जनाले काम गरेको फिल्मको कथामा पनि मित्रताको कथा देखाइएको थियो भन्दै भूवनले हिरोइन को भन्ने चै भनेनन् । उनले, आफूहरुको जोडी भने निर्देशकले नै छुट्याउनुपर्ने बताएका थिए ।

अभिनेता भूवन केसी र शिव श्रेष्ठको सम्बन्ध पहिले सुमधुर थिएन । तर, अहिले भने उनीहरु निकै नजिक भएका छन् ।

For More videos Log on to Mazzako TV