बक्स अफिसमा लगातार ३ फिल्म हिट दिएर ह्याट्रिक गर्ने निर्देशक त अहिले पाउन नै गाह्रो छ । यो समयमा निर्देशक प्रदिप भट्टराइलाई यो अवसर मिलेको छ । उनले निर्देशन गरेको जात्रै जात्रा जेठ ३ गतेदेखि रिलिज हुँदैछ । यो फिल्म पनि हिट भएमा उनले निर्देशकको रुपमा सफलताको ह्याट्रिक गर्नेछन् ।

फिल्म जात्रै जात्रा अघि प्रदिपले जात्रा र शत्रुगते फिल्म बनाएका थिए । दुबै फिल्मले हिटको व्यापार गरेका हुन् । निर्देशक प्रदिप भट्टराई यसपटक पनि पूर्ण रुपमा नै आशावादी छिन् । दर्शकका लागि फरक स्वादमा हसाँउने फिल्म बनाएको उनको भनाई छ ।

फिल्ममा यसपटक पैसा र सुनकाण्डको कथा देखाइएको छ । फिल्म जात्रै जात्रामा विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, बर्षा राउत लगायत छन् ।

For More videos Log on to Mazzako TV