अभिनेत्री स्वस्तिमा खड्का घामट शेरे फिल्मको छायांकन नै रोकेर अष्ट्रेलिया पुगिन् । अष्ट्रेलियामा उनी बुलबुल फिल्मको शोका लागि गएकी हुन् । तर, स्वस्तिमा बुलबुलको शोमा मात्र सहभागी भएर फर्किइनन् । उनी, अष्ट्रेलियाको बोन्डी विचमा पुगिन् ।

बोन्डी विचले उनलाई मोहनी लगाएको छ । उनी, यो विचमा फेरि फर्किने वाचा गरेर नेपाल आइन् । बोन्डी विचमा स्वस्तिमामा तरिका तरिकाका फोटोहरु अनलाइनमा छ्याप्तछ्याप्ती छ । स्वस्तिमाको रोमान्टिक रुप हेर्दा उनलाई यो विचले राम्रैसँग मोहनी लगाएको छ भनेर भन्न सकिन्छ । स्वस्तिमा अहिले नेपालमा चलेकी छिन् ।

स्वस्तिमाका फिल्महरु पनि चलेका छन् । यसैले पनि उनलाई कहिले छायांकन, कहिले ब्रान्ड प्रमोशनमा व्यस्त हुनु परेको छ ।

For More videos Log on to Mazzako TV