हाँस्य कलाकार विल्सन विक्रम राइको एउटा सपना पुरा भएको छ । उनको पुरा भएको सपना अजिबको छ । विल्सनका भान्जाले उनलाई कबड्डी र कबड्डी कबड्डीमा किन तपाई नदेखिनुभएको भनेर प्रश्न गरेका थिए । विल्सनले यसको जवाफ दिन सकेनन् ।

तर, यसपटक भने उनी कबड्डीको तेश्रो भागमा देखिदैछन् । विल्सनले यो सिनेमामा आफू अनुवन्धित भएर आफ्ना भान्जालाई जवाफ दिएको बताए । निर्देशक रामबाबु गुरुङसँग काम गर्ने सपना आफ्नो भएको पनि उनले बताएका छन् । त्यो सपना पुरा भएको विल्सनले बताए ।

विल्सनले सिनेमामा आफ्नो भूमिका भने खुलाएका छैनन् । तर, उनी कबड्डी ३ मा देखिन पाउँदा निकै नै खुशी भएको वुझ्न सकिन्छ ।

For More videos Log on to Mazzako TV