अभिनेत्री उपासना सिंह ठकुरीले दोश्रो प्रोजेक्टमा नै कबड्डी कबड्डी कबड्डी फिल्म पाएकी छिन् । यो फिल्मलाई लिएर उनी उत्साहित पनि छिन् । यो फिल्ममा काम गर्न पाउँदा म उत्साहित छु, आफने उत्कृष्ट काम गर्छु, उपासनाले सिनेमाको घोषणा कार्यक्रममा भनेकी छिन् ।

उपासनाका अनुसार, उनले पहिलो पटक हेरेको नेपाली फिल्म नै कबड्डी रहेछ । यो सिनेमा हेरेर उनी यसबाट प्रभावित पनि भएकी रहिछन् । तर, अहिले उनी अभिनेत्री बनिसकेकी छिन् र यही फिल्मको तेश्रो सिक्वेलमा काम गर्दैछिन् ।

कबड्डी ३ मा उनी अभिनेता कर्माको जोडी भएर काम गर्दैछिन् । कर्मासँग काम गर्न पाउँदा पनि उनी उत्साहित देखिइन् ।

For More videos Log on to Mazzako TV