शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म जात्रै जात्रालाई लिएर यसका निर्देशक प्रदिप भट्टराई उत्साहित छन् । प्रदिपका अनुसार, दर्शकले जात्राको भन्दा पनि बढी डोज जात्रै जात्रामा पाउनेछन् । तर, दर्शकले अपेक्षा नलिइकन हलमा जानुपर्ने प्रदिपले बताए ।

प्रदिपका अनुसार अहिले उनको आँखा अगाडि पनि सिनेमा नै नाचेको छ । किनकी, सिनेमाको कथादेखि काम गर्दा र अहिले फाइनल गरिसक्दा उनका लागि जात्रै जात्रा एउटा सन्तान जस्तो भैसकेको छ । सिनेमाले अघिल्लो भागको २ करोड ८० लाखको कथा पनि भन्नेछ । यतिमात्र होइन, सिनेमाले सुनको कथालाई पनिदेखाउनेछ ।

प्रदिपका अनुसार, यसपटक सिनेमाले पूर्ण मनोरञ्जन दिनेछ । समिक्षकले सिनेमालाई कस्तो भन्छन् भन्नेमा उनको ध्यान गएको छैन, जात्रै जात्रालाइ दर्शकले मन पराउने उनको वुझाई छ ।

For More videos Log on to Mazzako TV