करिब ४ बर्ष अघी ‘होस्टल रिटर्न्स’ मार्फत नेपाली सिने जगतमा पाइला टेकेका “सुशिल श्रेष्ठ” केहि समयको बिश्राम पछी पुन: “लभ डायरीज” चलचित्र लिएर आउँदै छन् । असोजको ३ को प्रदशन मिती तय गरेको फिल्ममा उनि नव-नायिका रुबिना थापासँग रोमान्स गर्दै छन् । निर्माण टिमले फिल्मको फस्टलुक पोष्टर सार्बजनिक गरेको छ । पोस्टरमा टपलेस सुशिलको छात्तीमा टाउको राख्दै रुबिना रोमान्टिक देखिएकी छिन् ।

सबै जसो फिल्ममा आफ्नो सुगठिता शरिरले चर्चा पाउने शुशिल लाई यही कुराले अब्जोश पनि आउने गरेको छ । धेरै समय पछी फिल्म आउदै गर्दा दर्शक र मिडियाको उनको अभिनय र शरिर प्रतिको तालमेलको जिज्ञासा कत्तिको समाधान होला ? त्यो कुरा कती सम्म होला पुरा, त्यसको लागी भने प्रदशन मिती सम्म कुर्नु नै पर्ला ।

For More videos Log on to Mazzako TV