चर्चित गायक युवराज चौलागाँईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली चलचित्रका गीतहरुबाट अत्याधिक अवार्ड पाउँन सफल गायक चौलागाँईको ‘लटर पटर’ बोलको गीत हालै सार्वजनिक भएको हो । गीतको अडियो तथा भिडियोमा निर्माण गर्न कुनै कसर बाँकी राखिएको छैन् ।

भिडियोमा अभिनेत्री प्रियंका कार्की र सुनिल क्षेत्रीलाई प्रस्तुत गरिएको छ । गायिका अनुश्का पाठकसँगको सहकार्यमा गायक युवराज चौलागाईले गीत बजारमा ल्याएका हुन् । सार्वजनिक गीतमा अहिलेका चर्चित दिपक शर्माको संगीत र राजेन्द्र थापाको शब्द रहेको छ ।

भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफि रहेको छ । गायक युवराज पनि प्रस्तुत भएको भिडियो निकै मज्जाको बनेको छ । गम्भीर बिष्टले नै निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले खिचेको छन् भने नविन निरौलाले सम्पादन गरेका छन् ।

हेर्नुस् युवराज चौलागाईको आफ्नै युट्युब च्यानलमा रहेको ‘लटर पटर’ बोलको गीतको म्युजिक भिडियो :

For More videos Log on to Mazzako TV