चर्चित पप-गायक स्वपनील शर्माले गोर्खाको एन्थम गीतमा आफ्नो आवाज भरेका छन् । ‘जोशिलो छ गोर्खाली’ बोलको यस गीतले नेपालीको साहस, परिश्रमी भावना र सरलपन लाई सम्मान गर्दछ । देशको बिभिन्न स्थानको दृश्य भिडियोमा अटाइएको छ ।

हुन त यो गोर्खा बियरको लागी निर्माण गरिएको गीत र भिडियो हो । तर यसमा राखिएको शब्दले धेरै युवाको मन तानेको छ । अहिले समाजिक सन्जालमा स्वपनीलका शुभचिन्तक र आम स्व्रोताले यस गीतलाई राम्रो प्रतिकृया दिइरहेका छन् ।

संगीतकार, गायक र रचनाकार समेत रहेका स्वपनीलका थुप्रै गीत चर्चित छन् । ‘द स्यडोज ब्यान्ड’ को लिड गायक रहेका यिनको ‘प्रकृति’, ‘हिड्ने मान्छे लड्छ’, ‘कुन हो हाम्रो धर्म’ लगायत थुप्रै हिट
गीत छन् ।

For More videos Log on to Mazzako TV