अभिनेत्री पूजा शर्माले म्यूजिक भिडियोमा मन बनाएकी थिइनन् । उनी, सिनेमा पनि बर्षमा एउटा मात्र गर्दै आएकी छिन् । अभिनेता आकाश श्रेष्ठ भने म्यूजिक भिडियोमा देखिरहेका थिए । तर, अहिले पूजा पनि म्यूजिक भिडियो खेल्न थालेकी छिन् ।

दर्शकले पूजा र आकाशको जोडीलाई म्यूजिक भिडियोमा हेर्न पाएका छन् । उनीहरुको लगातार २ वटा म्यूजिक भिडियो सार्वजनिक भैसकेको छ । पूजा र आकाशको जोडीको लोकप्रियतालाई क्यास गरेर उनीहरुलाई म्यूजिक भिडियोमा खेलाउने सोच निर्माण गर्नेहरुको छ ।

पूजा र आकाशले पनि राम्रो गीतमा ह्यान्डसम रकम आएको खण्डमा गर्ने नीति बनाएको देखिन्छ । यसैले पनि उनीहरुलाई दर्शकले म्यूजिक भिडियोमा पनि देख्न थालेका छन् ।

For More videos Log on to Mazzako TV