यो बर्षको मिस नेपाल २०१९ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । अष्ट्रेलियामा रहेर अध्ययन गर्दै आएकी अनुष्काले बाँकी २४ जनालाई उछिनेर मिस नेपालको उपाधी जितेकी हुन् ।

मिस नेपाल २०१९ कि विजेता अनुष्का अष्ट्रेलियामा अध्ययन समेत गर्दै आएकी थिइन् । अनुष्काले मिस नेपालको ताज जितेपछि अब नेपालमै केही गर्न चाहेको बताएकी छिन् । यो बर्षको मिस नेपाल किर्तिपुरको ल्याब्रोटरी स्कुलको चौरमा आयोजना भएको थियो । मिस नेपाल आयोजकका लागि पनि यो बर्षको मिस नेपाल विशेष थियो ।

किनकी, यो मिस नेपाल आयोजनाको २५ औं श्रृङ्खला हो । मिस नेपाल विजेता अनुष्काले डिसेम्बरमा आयोजना हुने मिस वल्र्ड प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

For More videos Log on to Mazzako TV