Kabaddi 5काठमाण्डौस्थित चावहिलको गोपिकृष्ण हलमा पहिलो शोबाट ‘कवड्डी’ उतारिएको छ । निर्माण युनिट र वितरक संस्था पपकर्न पिक्चर्सले आफुलाई भनेजस्तो हल नदिएको भन्दै फिल्म उतारेका हुन् ।

गोपिकृष्णको शिवाय र राधा हलमा ‘कवड्डी’ लाई शो दिइएको थियो ।  दुई दुई सय सिट क्षमता भएको हलमा ‘कवड्डी’ को दुवै हल हाउसफूल भएको थियो । ‘दर्शक ओभर फ्लो भएर फर्किएका छन्’ निर्माता निश्चलले मज्जाको अनलाईनसँग भने, ‘आएका दर्शकलाई टिकट दिन नसक्ने भएपछि किन चलाइ राख्नु भनेर हामीले फिल्मलाई उतारेका हौं ।’

घाटा त आफैंलाई हो नि ? भन्ने प्रश्नमा निश्चलले भने, ‘घाटा हामीलाई पनि पर्छ तर धेरै घाटा हललाई पर्छ ।’ गोपिकृष्ण मूभिजका मालिक उद्धव पौड्यालको भनाईलाई उदृध गर्दै निश्चलले भने, ‘दिएको हल चित्त बुझ्दैन भने फिल्मलाई उतार्नुस भन्नु भयो । हामीले उतार्यौं ।’

Kabaddi 1

‘कवड्डी’ लाई १२ सय सिट क्षमता भएको कृष्ण हल दिन नमानेको निश्चलले बताए । कृष्ण हलमा हिन्दी फिल्म ‘टु स्टेट्स’ प्रर्दशन भईरहेको छ । कृष्ण हलमा हिन्दी फिल्म हेर्न १ सय दर्शक पनि नरहेको हल परिसरमै भेटिएका माधव वाग्ले र दिपेन्द्र के खनाल बताउछन् । ‘नेपाली फिल्मलाई बायस गरियो त्यही भएर चलचित्र उतारेका हो’, वितरक संस्था पपकर्नका वाग्लेले जानकारी दिए ।

Kabaddi 4

राम बाबु गुरुङ निर्देशित ‘कवड्डी’ फिल्म काठमाण्डौको एक दर्जन र मोफसलका मुख्य शहरमा प्रदर्शनरत छ । फिल्ममा दयाहाङ राई, निर्माता एवंम निश्चल बस्नेत, रिश्मा गुरुङ लगायतको मुख्य भूमिका छ ।

Kabaddi 2

Kabaddi 6

Kabaddi 8

Kabaddi 7

Kabaddi 3

For More videos Log on to Mazzako TV