‘सन्जु’ र ‘उरि’ फिल्मबाट चर्चामा आएका बलिउड अभिनेता ‘विक्की कौशल’अहिले थप चर्चामा छन् । उनी नायिका कट्रिना कैफ सँगको मित्रताको कारण चर्चामा रहेका हुन् । उनीहरु बिभिन्न कार्यक्रम हरुमा एक अर्कालाई तारिफ गरिरहेका देखिन्छन् । केही समयदेखि कट्रिनाले विक्की कौशलको निकै तारिफ गरिरहेकी छिन् । विक्कीले पनि केही मिडियाका अन्तरवार्तामा आफूलाई कट्रिनासँग काम गर्ने इच्छा भएको बताउँदै आएका थिए ।

अब यो जोडी को एकसाथ चलचित्रमा काम गर्ने इच्छा पनि पूरा हुने भएको छ । यि दुई लाई लभ स्टोरी जनरको फिल्ममा देखिन लागेको हो जुन फिल्मको रानी सुक्रवालाले निर्माण गर्नेछन्। चलचित्रलाई आदित्य धर र रानी सुक्रवालले संयुक्त रुपमा निर्देशन गर्ने तयारी गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV