मनोज चलाउथे तीन सयमा गुजारा, कलाकारिता नै हो उनको जीउने सहारा
फिल्म ‘बेन्डिट क्वीन’ देखि सिल्भर स्क्रीनमा देखा परेका मनोज बाजपाये अहिले बलिवूड्का चर्चित कलाकार मध्ये एक पर्दछन । सत्या, अक्स, पिन्जर, ग्याङ्स अफ वासेपुर जस्ता फिल्ममा आफ्नो वाहवाही बटुलेका थिए ।२३ अप्रील १९६९मा जन्मेका बाजपायेले बुधबार ४५ औं बसन्त पार गरेका छन् । कलाकारीताबाट कहिल्यै टाढा बस्न नसक्ने मनोज बाजपायेले जन्मदिनपछि उनको जिन्दगीको केहि कुराहरु पनि उनले बाहिर ल्याएका छन् ।
बेलवा देखि दिल्ली सम्मको यात्रा
मनोजको जन्म भारतको एक सानो गाँउ बेलवामा भएको हो । उक्त गाउँ नेपाल र बिहारको बोर्डरमा पर्दछ । सुरुवाती पढाइ सके पछि उच्च शिक्षा हासिल गर्नका नेश्नल स्कुल अफ ड्रामाको एक्टिङ् कोर्षको लागी उनी दिल्ली हानिएका थिए । उक्त स्कुलको बारेमा उनले हिन्दी टाइम्स पत्रिकामा नर्शिउदिन साहको अन्तर्वार्ता हेरेर पत्तो लगााएका थिए । दिल्लीमा रहदा उनले भारु ३०० रुपैयाँमा गुजरा चलाउथे । उनलाइ १५० आफ्ना पिताबाट र १५० नुक्कड नाटकमा अभिनय गरे बापत परिश्रमिक मिल्थ्यो । यति सानो रकमबाट डेरा भाडा,यातायात खर्च बडो मुश्किलले जुटाउने गर्थे । यसका अलावा लगाउने लुगाकपडा र खाने खर्चको लागि सधै साथीसँग उनले निर्भर रहनुपर्दथ्यो ।
गाउँ फर्कदा रुन्थिन आमा
चार बर्ष नेश्नल स्कुल अफ ड्रामामा एडमिसन पाउन प्रयास गरे पनि उनि सफल हुन सकेनन् । तर उनको लगातार प्रयास पछि दिल्लीको एक युनिभर्सटिीमा अध्ययन गर्दै गर्दा बेरी जोन सँग ट्रेनिङ् लिने अवसर प्राप्त गरेका थिए । दिल्लीमा रहदा उनी नाटक सँग यति रम्थे कि निकै लामो समयसम्म पनि आफ्नो गाउँ फर्कन पनि भुल्दथे । लामो अन्तराल पछि घर गएको सम्झना गर्दै मनोज आफ्नो आमा रोइरहेको सम्झिन्छन र आफ्नी आमालाइ ‘किन रुनु भएको अब त म घर आए’ भनेर उनले सम्झाएका थिए रे ।
संघर्ष अनि त्यसपछिको सफल्तको कथा नै हो मनोजको कथा । उनलाई जन्मदिनको लाखौलाख शुभकामना ।
For More videos Log on to Mazzako TV