बिकासराज आचार्य निर्देशित फिल्म ‘हजार जुनीसम्म’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजन गर्दै ‘एमजी रोडैमा’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ भने यसमा शब्द र संगीत पनि राजनराजकै रहेको छ ।

पुरुषोत्तम प्रधानको छायाँकन तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्म साउन ३० गतेबाट सार्वजनिक प्रदर्शन हुनेछ । गीतमा अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता सलोन बस्नेत र डेब्यू ब्वाई अखिलेस प्रधान फिचर्ड छन् ।

फिल्ममा स्वस्तिमा, अखिलेस र सलोनसँगै आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुइँटेल, अनुभव रेग्मी लगायतको अभिनय रहेको छ । फिल्ममा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् ।

For More videos Log on to Mazzako TV