गायक सुनिल गिरीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शब्द, संगीत र स्वर गायक सुनिल र पूनम मिश्रको ‘कोसेली’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गायक गिरीकै अभिनय रहेको गीतको भिडियोमा अभिनयमा अन्जली मगरले साथ दिएकी छिन । आशिष अबिरलको संगीत संयोजन रहेको गीतलाई प्रविन भट्टले सम्पादन गरेका छन । दमौलीको बिभिन्न रमणिय ठाउँमा खिचिएको गीतमा अबिनाश मानन्दरले ड्रोन चलाएका हुन । म्युजिक भिडियोमा अनिल के मानन्दरले निर्देशन गरेका हुन ।

यसअघी हिट गीत दिइसकेका गायक गिरीका ‘को होला त्यो’, ‘देउराली भन्ज्याङ’, ‘कस्तो यो मन’, ‘सोल्टिनी’ जस्ता उत्कृष्ट गीत हरुलाई दर्शकहरुले मज्जाको प्रतिक्रिया दिइसकेका छन ।

For More videos Log on to Mazzako TV