फिल्म ‘कप्स’ को आईटम गीत रिलिज गरिएको छ । शनिबार फिल्मको ‘सुन्दरी देखेर आँखा सन्कियो’ बोलको गीत रिलिज गरिएको हो । गीतमा नृत्य कलाकार रिया प्रधानकोे नृत्य निकै आकर्षक बनेको छ । गीतको नृत्यलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । यो गीतलाई मिना निरौला र स्वयम्भुराज शाक्यले गाएका हुन् । जसमा स्वयम्भुराज शाक्यलकै संगीत छ । गीतको रचनाकार सुरेन्द्र राना हुन् ।

आगामी १७ जेठबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने यो चलचित्रलाई अग्रज कलाकार सम्राट सापकोटाले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्रको कथा अनुसार राखिएको यो आईटम गीत हो । यो चलचित्र प्रहरी सेवाको कथामा केन्द्रित रहेको निर्देशक सापकोटाले बताए ।

आर्या मुभिज र सारा श्री मूभिजले निर्माण गरेको यो चलचित्रमा सुसन प्रजापतिको छायाँकन, बिपिन मल्लको सम्पादन, साम्राट सापकोटाकै लेखन रहेको छ । यो चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् । यो चलचित्रमा अनुपबिक्रम शाहीसँगै, सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठलगायतको अभिनय छ ।

For More videos Log on to Mazzako TV