मिलन चाम्स निर्देशित फिल्म ‘वीर बिक्रम २’ को दाश्रो गीत सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ‘बाचा’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायक पल शाह र नायिका वर्षा सिवाकोटी प्रस्तुत छन् । तारा प्रकाश लिम्बु र दिपा लामाको स्वर रहेको सार्वजनिक गीतमा संचारकर्मी नरेश भट्टराईको शब्द र तारा प्रकाशकै संगीत छ ।

कविराज गहतराजको नृत्य निर्देशन रहेको भिडियोमा पल र बर्षाको केमेष्ट्रि पनि मज्जाको देखिएको छ । फिल्मको पहिलो गीत पिरतीको मिठो तिर्सना र बीर बिक्रमको दोश्रो श्रृखला भएकाले पनि फिल्म अजै प्रतिक्षित बनेको छ । ‘चाम्स इन्टरटेन्टमेन्ट’ र ’लण्डन सिने आइ’ को संयुक्त व्यानरमा निर्माण भएको ’वीर बिक्रम २’ मा निर्देशक चाम्सकै लगानी छ । अर्पण सापकोटा कार्यकारी निर्माता रहेको फिल्ममा रंजीता शिवाकोटी सह निर्मात्रीको रुपमा रहेकी छिन् ।

प्रदीप भारद्वाजले लेखेको यस फिल्ममा सुदिप बरालको छायांकन छ । फिल्मलाई नवराज उप्रेतीले खिचेका हुन् भने बनिष शाह फिल्मका सम्पादक हुन् ।

For More videos Log on to Mazzako TV