अभिनेत्री पूजा शर्मा महंगो पारिश्रमिक लिने अभिनेत्री बनेकी छिन् । उनले सिनेमा काले पर्यो पोइका लागि २० लाख पारिश्रमिक लिएकी छिन् । उनले २० लाख पारिश्रमिक लिएसँगै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले रातो टिका निधारमामा लिएको १६ लाख पारिश्रमिक उछिनेकी छिन् । अभिनेत्री पूजाले पारिश्रमिकको बिषयलाई ठूलो मुद्दा बनाउन नहुने पनि बताएकी छिन् ।

उनका अनुसार, पारिश्रमिक राम्रो लिने कुरा ठूलो हो पनि होइन पनि । उनका अनुसार, कलाकारले पनि आफ्नो जीवन सिनेमाबाट नै चलाउनुपर्ने भएकाले काम गरेअनुसारको पारिश्रमिक लिनुपर्ने बताइन् । पूजाका अनुसार २० लाख रुपैयाँ पारिश्रमिकको कुरालाई ठूलो मुद्दा बनाउनु हुँदैन । उनले सिनेमाका लागि शतप्रतिशत मिहिनेत गर्ने पनि बताएकी छिन् ।

यही सिनेमामा अभिनेता आकाश श्रेष्ठले १८ लाख पारिश्रमिक लिएका छन् ।

For More videos Log on to Mazzako TV