‘हिरो भन्दा लाज लागेर आउछ’ : निश्चल बस्नेत(भिडियो सहित)
चलचित्र ‘लुट’को निर्देशन गरेर चर्चामा रहेका निर्देशक निश्चल बस्नेतलाई चलचित्रमा अभिनय गरेसँगै धेरैले हिरो भनेर नै बोलाउन थालेका छन रे । तर, उनलाई कसैले हिरो भन्यो भने लाज लाग्छ । ‘आम मानिस भन्दा अलि भिन्न हुन्छ हिरो भन्ने चीज’, बस्नेत भन्छन् ‘सुपरपावर भएको र एकैपटकमा धेरैजनालाई मुक्का हान्न सक्ने पात्र म होईन त्यसैले म हिरो होईन, मात्र कलाकार हो ।’
शुक्रबारबाट अलनेपाल प्रर्दशनमा आउन लगेको चलचित्र ‘कबड्डी’ बेच्नमा उनी निकै लागिपरिरहेका छन । कबड्डी एउटा खेलको नाम हो । चलचित्रमा पनि यही नामलाई बिम्बको रुपमा प्रयोग गरिएको निश्चल बताउछन् । चलचित्रमा यसलाई मायाको खेलको रुपमा देखाउन खोजिएको छ रे । फिल्म चलेपछि मात्र कलाकारहरु चल्छन भन्ने मान्यता राख्ने निश्चलसँगको रमाईलो कुराकानी आफै हेरौ न त ।
आगमी शुक्रबारबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘कबड्डी’मा निश्चल बस्नेत, दयाहाङ्ग राई, रिश्मा गुरुङ्ग, राजन खतिवडा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रलाई निश्चल बस्नेत र सुनिल रौनियारले मिलेर बनाएका हुन् ।
For More videos Log on to Mazzako TV