हेम प्रभासको निर्देशनमा हावाको झोका बोलको गीत सार्बजनिक भएको छ । विकाश थापाको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतलाई रामकृष्ण ढकालले गाएका हुन् । गीतका एरेञ्जर देवेन्द्र नेवा हुन् । रेकर्डीङ तथा मिक्सिङ भने प्रकाश मिश्रले गरेका हुन् । एकोस्टीक नेपालमा गीत रेकर्डीङ गरिएको हो । गीतको भिडियो मुकेश हुँमागाईले खिचेका हुन् ।

भिडियोमा अभिनेता सरोज खनाल, रीमा के .सी, सुजन थापा, सविना आचार्य, अनन्त सिग्देल, तीलक गौतम एवं संगीतकार सन्ताष श्रेष्ठ समेत फिचरिङ छन् । डिजिटल क्रियशनको प्रस्तुती यो गीत आरव प्रोडक्सनबाट निर्माण गरिएको हो । गीतलाई म्यूजिक नेपालले रिलिज गरेको छ ।

For More videos Log on to Mazzako TV