Punte parade‘पुन्टे परेड’को कन्सर्ट कस्तो होला ? मनमा जिज्ञासा त हुन्छ नै  । पक्कै पनि राम्रो होला, अपेक्षा गरौ । चलचित्र राम्रो बने झै कन्सर्ट पनि राम्रो होस भन्नका लागि सम्पुर्ण तयारी भएको जानकारी आएको छ । अब भने तपाई ‘पुन्टे परेड’को कन्सर्ट हेर्न तयार भएर बस्नुहोला । चलचित्रको प्रोमोशन गर्न यस चलचित्र युनिटले देशैभरि कन्सर्ट गर्ने तयारी गरिरहेको छ ।

सहन मुभिज मेकर्स र स्टेज डेकोरेसनको संयुक्त प्रयासमा देशका बिभिन्न शहरहरुमा कन्सर्ट हुन लागेको हो । मज्जाको अनलाइनसँग कुरा गर्दै पुन्टे परेडका निर्माता हरि महतले भने, ‘चलचित्र क्षेत्रमा नौलो प्रयासको लागी हामीले एउटा नयाँ प्रयोग गर्न लागेका हौं ।’

काकारभिट्टा, दमक, बिराटनगर, धरान, बिरगन्ज, नारायणघाट, बुटवल, घोराही, पोखरा, महेन्द्रनगर, काठमान्डौ लगाएतका बिभिन्न शहरमा गरिने कन्सर्टमा सुगम पोख्रेल, सुश्मा कार्की, प्रमोद् खरेल, आकान्क्षा बस्याल, रुपक डोटेल, बुनु राई लगातयका कलाकारहरुको प्रस्तुती रहनेछ । कन्सर्टको उद्घोषको जिम्मा भने नायिका प्रियंका कार्कीले लिएकी छिन् ।

‘पुन्टे परेड’ बिशुद्द नेपाली कमेडी सिनेमा हो, जसमा युवाहरुले बोकेका सपनाहरु कतिको पुरा हुन्छ भन्ने कुरालाइ चित्रण गरिएको छ । युवाले सपना पुरा गर्न गरेका क्रियाकलापलाई कमेडी शैलीमा चलचित्रमा देखाउन खोजिएको छ । चलचित्र पृथक बनेको निर्माण युनिटले जानकारी गराएको छ ।
चलचित्र ‘पुन्टे परेड’मा प्रियंका कार्की, संयम पुरी, एन्जिला दहाल, रबिन्द्र खड्का लगायतका कलाकारहरुलाई देख्न पाईनेछ । चलचित्रलाई हरि महतले बनाएका हुन भने चलचित्रको निर्देशन सुवास कोईरालाले गरेका हुन् ।

For More videos Log on to Mazzako TV