बलिउड नायक बरुण धवन झामेलामा परेका छन् । एक फ्यानले बरुणको प्रेमिका नताशा दलाललाई मार्ने धम्की दिए पछी उनि तनाबमा परेका हुन्। बरुणलाई भेट्न नपाउँदा फ्यानले बरुणको प्रेमिकालाई मार्ने धम्की दिएका रहेछन् । रिपोर्टका अनुसार बरुणका एक सुरक्षा गार्डसँग फ्यानले नतासालाई मार्ने धम्की दिएका थिए ।

एक जना ब्यक्ती लामो समयदेखि बरुणलाई भेट्न चाहिरहेका थिए । तर भेट्न पाएनन् । आफ्नो चलचित्र ‘कंलक’को प्रचारमा व्यस्त बनेका बरुण शुक्रबार साझ घरको गेटमा पुग्दा त्यहाँ उक्त फ्यानले कोलाहल मच्चाए । उक्त कुरालाई वेवास्था गर्दै बरुण घर छिरे । त्यसपछि बरुणका फ्यान आक्रोशित हुँदै प्रेमिकालाई मार्ने धम्की दिएका थिए ।

For More videos Log on to Mazzako TV