1साना केटाकेटी तर उनीहरुको सपना भने ठुलो छ । गाँउको परिवेश, भौतिक पुर्वाधारहरु त्यस्तै नै हुन्, सहरमा जस्तो सुविधा हुन्न नै । अभाव र पिडा छ तर पनि फुटबल खेलेरै विश्वकपमा जाने र देशको नाम विश्वमाझ चिनाउने सपना, अति त्यही सपनालाई विपनामा बदल्न गरिने प्रयास । यस्तै यस्तै कथाबस्तु बोकेको चलचित्र हो ‘वर्ल्डकप इन नेपाल’ ।

आउदो शुक्रबारबाट अलनेपाल रिलिज हुन लागेको चलचित्र ‘वर्ल्डकप इन नेपाल’को मंगलबार काठमाण्डौमा प्रिमियर गरिएको छ । चलचित्र हेर्न खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, एन्फा अध्यक्ष गणेश थापा, मुख्य सचिव लिलामणी पौडेल, माओवादी नेतृ हिसिला यामी, एमाले नेता प्रदीप ज्ञवाली,फुटबलर हरि खड्का, तेक्वान्दो खेलाडी दिपक बिष्ट लगायत कलाकार र पत्रकारको कुमारी हलमा बक्लो उपस्थिति रहेको थियो ।

चलचित्र हेरिसकेपछि धेरैले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् । एन्फाले अहिलेसम्म नदेखेका तथा अनुभव नगरेका संभावनाहरुलाई पनि चलचित्रले औल्याईदिएको एन्फा अध्यक्ष गणेश थापाले जानकारी दिएका छन् । ‘गाँउ गाँउ सम्म पुगेर बालबालिकाहरुको फुटबल क्रेजलाई समेट्न कोशिष गर्नेछौ’, उनको भनाई रहेको थियो ।

चलचित्र ‘वर्ल्डकप इन नेपाल’मा सोनु केसी, शर्मिला शर्मा, संगम राई, कुलचन्द्र पुरी, भिम प्रसाद मैनाली, गिरी प्रसाद पुन, गोपाल अर्याल, सृजना तामाङ्ग, उमेश थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

2
चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन भने चलचित्रमा जुगल डंगोलको संगीत रहेको छ । ‘वर्ल्डकप इन नेपाल’ चलचित्र बिकास बोर्डबाट बिशेष फिल्मको रुपमा पुरस्कृत भएको थियो । चलचित्रको निर्माण प्रकास थापाले गरेका हुन् ।

For More videos Log on to Mazzako TV