नायक गजित विष्ट राम्रो नाच्छन, अभिनय पनि राम्रो गर्छन । उनको एक्सनको त कुरै नगरौ । ‘मयाज बार’बाट नेपाली रजतपटमा राम्रो छाप छोड्न सफल भएका बिष्ट र ब्युटिफुल नायिका केकी अधिकारीले पुनर्जन्म लिने भएका छन । अचम्म मन्नु पर्दैन, ‘पुनर्जन्म’ चलचित्रको नाम हो । चलचित्र निर्माणको ओपचारिक घोषणा आज गरिएको छ ।

Gajit and keki photo

चलचित्र ‘पुनर्जन्म’मा गजित र केकी मुख्य भुमिकामा देखा पर्नेछन । चलचित्रमा गजित र केकीका अलावा  सुस्मिता शाही, मिथिला शर्मा, लक्ष्मी गिरी, सुरविर पन्डित, देशभक्त खनाल लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा आर्यन सिग्देल पनि रहन सक्ने निर्माण युनिटले जानकारी दिएको छ । तर आर्यनसँग फाईनल कुरा भने भईनसकेको बताईएको छ ।

चलचित्रको निर्माण मोहनकृष्ण श्रेष्ठले गर्नेभएका छन । उनले यसअघि कन्यादान, राज, बर्षात, फुलस्टप, बर्षात लगायतका चलचित्र बनाईसकेका छन । चलचित्रको निर्देशन सजन श्रेष्ठले गर्नेभएका छन् । ‘पुनर्जन्म’मा बसन्त सापकोटाको संगीत रहनेछ भने चलचित्रमा नृत्य निर्देशन कमल राईले गर्नेछन् । चलचित्रको सुटिङ्ग बैशाखको दोस्रो साताबाट थालिने बताईएको छ ।

For More videos Log on to Mazzako TV