निकै लामो समयदेखि एक अर्कालाई डेट गरिरहेका आदित्य चोपडा र बलिउड अभिनेत्री रानी मुखर्जीले सुटुक्क विहे गरेका छन् । सोमबारको रात उनीहरुले इटलीको एक सानो शहरमा अग्नि साक्षी राखी सात फेरे लिएका छन् ।

Rani mukharjee
विवाहमा दुबै परिवारका सदस्यहरु र नजिकका केही साथीहरुको उपस्थिति रहेको बताईएको छ । विवाह  पछि रानीले प्रतिक्रिया दिदै आफु निकै खुशी रहेको बताएकी छिन । साथै उनले आफुलाई सधै माया गरिरहने आफ्ना दर्शकहरुलाई धन्यवाद दिन पनि भ्याईन ।

विवाहको बेला आफुले सबैभन्दा बढी यसराज चोपडालाई मिस गरेको पनि उनले बताईन । यशराजको आखरी पलहरुमा रानी उनको साथैमा थिईन । यशराज पुत्र उदय चोपडा र रानीको निकै लामो समयदेखि अफेयर रहेको बताईएपनि मिडियासँग यो जोडीले आफ्नो दुरी मेन्टेन गरेर नै राखेको थियो । क्यामेरामा सँगै कैद नहुनको लागि यो जोडीले निकै कोशिस गरेको थियो ।

अब भने, न त मिडियासँग केही लुकाउनु नै पर्यो न त क्यामेरालाई छल्नु नै । जे भएता पनि रानी मुखर्जीलाई वैवाहिक जीवनको शुभकामना ।

For More videos Log on to Mazzako TV