त्यसो त ‘नोभेम्बर रेन’ नायिका छुल्ठिम गुरुङ्ग आफुलाई आटिली र हाक्की स्वभावको बताउछिन् । सधै हासीरहने उनीको आँखाबाट हत्तपत्त आँशु झर्दैन रे । तर चलचित्र ‘नोभेम्बर रेन’का लगि भने आफुले धेरैपटक रोएको अभिनय मात्र नगरेर, साच्चिकै आशु झरेको उनी सुनाउछिन् ।

Chhultim

‘चलचित्रमा डल्ली नामको क्यारेक्टर मैले निभाएको छु’, नायिका गुरुङ्ग भन्छिन् ‘डल्ली बन्दा आफैले आफैलाई भुलेछु, पत्तै भएन आँखाबाट त साच्चिकै आँशु आईसकेको रहेछ ।’ चलचित्रको सुटिङ्गमा मात्र नभएर डबिङ्ग गर्दा पनि आफुलाई ‘डल्ली’ भन्ने पात्रले मन छोएको बताउने उनी डबिङ्गमा पनि साच्चैको रोएको बताउछिन् ।

 ‘मैले चारपटक डबिङ्ग गरे तर प्रत्येक डबिङ्गमा आँखा रसाए’, छुल्ठिम भन्छिन ‘मलाई झै चलचित्रको मेरो क्यारेक्टरले सबैको मन लाई छुनेछ ।’ चलचित्र ‘नोभेम्बर रेन’लाई नै आफ्नो पहिलो र अन्तिम चलचित्र भन्न पनि भ्याईसकेकी छुल्ठिमको भुमिकाले कति दर्शकको मनलाई छुने हो त्यो भने आगमी शुक्रबारबाट थाहा भई नै हाल्नेछ ।

 शुक्रबारदेखि लाग्ने चलचित्र ‘नोभेम्बर रेन’मा आर्यन सिग्देल, नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङ्ग बीचको प्रेम र रोमान्सलाई हेर्न पाईनेछ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन भने आर्यन सिग्देल र सुवास गिरीको लगानी रहेको छ ।

For More videos Log on to Mazzako TV