त्यसो त बलिउडमा बेला बेला नायक नायिकाहरुको किसिङ्ग सिनले सबैको ध्यान खिच्ने काम गरेको नै हुन्छ । यतिबेला भने बि टाउनमा आलिया–अर्जुन, मिष्टी– कार्तिक, सिद्धार्थ-श्रद्धा, कंगना–वीरको किसिङ्ग सिनको चर्चा छ ।

Kangana

बलिउडकी क्वीन कंगनाले ‘रिभल्वर रानी’मा वीरसँग खुलेरै किसिङ्ग सिन दिएकी छिन् । सुन्नमा आएअनुसार, क्वीन कंगनाले वीरलाई चुम्बन गर्दा वीरका ओठबाट रगत नै आएको थियो ।

Arjun

त्यस्तै फिल्म ‘टु इस्टेट्स’मा अर्जुन आलियाले दिएको किस सिनको पनि खुब चर्चा भईरहेको छ । आलियाले  रमाईलो गर्दै भारतीय सञ्चार माध्यमलाई भनेकी छिन, ‘म किस सारै राम्रो गर्छु, तर यो भनाई मेरो होईन अर्जुनको हो।’ उनीहरुको किसिङ्ग सिनको चर्चा त छदैछ साथमा उनीहरु अहिले रिलेसनमा रहेको गसिपहरु पनि चल्न थालिसकेको छ ।

Kanchhi

एक किस तर रिटेक ३० पटक भन्दा बढी । यही भएको छ चलचत्रि ‘कांची’ मा मिष्टी र कार्तिक तिवरीको किसिङ्ग सिनको पनि । तपाई आफै अनुमान लगाउन सक्नु हुन्छ सिन कस्तो भएको होला भनेर  ।

2

परिणिति चोपडा र आलिया भट्टलाई यसअघि खुलेरै किस गरिसकेका ‘स्टुडेन्ट अफ द इयर’का नायक सिद्धार्थ कपुर र ‘आशिकी २’ बाट चर्चित बनेकी नायिका श्रद्धा कपुर बीचको किस सिनको पनि यतिबेला चर्चा भईरहेको छ । फिल्म ‘भिलेन’का लागि उनीहरुले जोडदार किस रहेको बताईएको छ ।

For More videos Log on to Mazzako TV