मेरो प्यारो साथीको गीत आयो, फिल्म आँउदै
मेरो प्यारो साथी अर्थात ‘माई बेष्ट फ्रेन्ड’ चलचित्रको नाम हो । चलचित्र बैशाख २६ गतेबाट तपाईको नजिकैको सिनेमा घरमा प्रर्दशनमा आउदैछ । यही चलचित्रको अडियो भने सोमबार काठमाण्डौमा विमोचन गरिएको छ । यसअघि नै युट्युबबाट सार्वजनिक भईसकेका चलचित्रका गीतहरुले राम्रो चर्चा कमाईरहेको बेला राजधानीमा पत्रकार भेटघाटको कार्यक्रम राखी चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
चलचित्र ‘माई बेष्ट फ्रेन्ड’मा रेश मरहठ्ठा, प्रियंका कार्की, दिवस उप्रेती, केकी अधिकारी, बिमलेश अधिकारी, पुजा शर्मा, सुनिल थापा लगातयका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्र ‘माई बेष्ट फ्रेन्ड’ आफ्नो लागि निकै महत्वपुर्ण चलचित्र रहेको प्रियंका कार्कीले बताएकी छिन् । ‘यो फिल्म मेरो मनसँग नजिक छ’, उनले भनिन् ‘यही फिल्मले मेरो अभिनय यात्राको ढोका खोलिदिएको हो ।’
नायिका कार्कीले खेलेको पहिलो फिल्म भएतापनि प्रर्दशनको हिसाबले यो चलचित्र छैठौं भएको छ उनको लागि । त्यस्तै, चलचित्रमा आफ्नो बिषेश भुमिका रहेको केकी अधिकारी बताउछिन् ‘धेरै समयसम्म पनि दर्शकको मनमा मेरो भुमिका स्मरणमा आईरहनेछ ।’ चलचित्रमा उनको भुमिका सानो तर महत्वपुर्ण रहेको छ ।
चलचित्रका लागि बनाईएको गीतले राम्रो प्रतिक्रिया पाईरहेको गायक तथा संगीतकार सुगम पोख्रेलले बताएका छन् । त्यस्तै गीतकार भुपेन्द्र खड्का पनि चलचित्रको गीत बलिउड स्तरको भएको दावी गर्छन ।
चलचित्र ‘माई बेष्ट फ्रेन्ड’ यसअघि ‘स्वर’ नामक चलचित्रको निर्देशन गरिसकेका प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा प्रजिता बज्राचार्यको लगानी रहेको छ ।
तस्वीर– दीप बिमली
For More videos Log on to Mazzako TV