अनमोल केसीको अभिनय रहेको फिल्म ‘ए मेरो हजुर ३’को पहिलो गीत सार्बजनिक गरिएको छ । ‘जिन्दगी नै भन्दिनँ’ बोलको गीतमा अनमोलको साथमा सुहाना थापा फिचर्ड भएकी छिन् । झरना थापाको निर्देशन रहेको फिल्ममा उनले छोरी सुहाना लाई डेब्यु गराउँदै छिन् । सार्बजनिक गीतमा सुगम पोखरेल र प्रविशा अधिकारीको स्वर रहेको छ। गीतमा एक नारायण भण्डारीको शब्द छ भने आशिष अविरलले यस गीतमा संगीत दिएका छन् ।

चैत २९ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेकोछ । फिल्मको कथा भने झरना थापा र सुमन पौडेलको रहेको छ ।

For More videos Log on to Mazzako TV