मह संचारको ब्यानरमा निर्माण भएको फिल्म ‘दाल भात तरकारी’को शिर्ष गीत सार्बजनिक गरिएको छ । शम्भुजित बाँस्कोटाको संगीतमा राजेशपायल राई र स्मिता दाहालको स्वरमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु पुष्प खड्का, आँचल शर्मा, हरिवंश आचार्य र निरुता सिंह देखिएका छन् । हरिवंश र निरुतालाई भने सेफको पहिरनमा देख्न सकिन्छ । फिल्ममा भने उनीहरु नायक पुष्पलको आमा-बुवा को भूमिकामा छन् । गीतको भिडियो लाई प्रबिना सिङ ले कोरियोग्राफी गरेका हुन् ।

किरण केसी प्रस्तुत कर्ता रहेको फिल्ममा बर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि भूमिका रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्ममा सुदन केसीको निर्देशन रहेको छ ।

For More videos Log on to Mazzako TV