अभिनेत्री प्रियंका कार्की स्वतन्त्र हुन चाहन्छिन् । तर, स्वतन्त्र हुनका लागि उनले के गर्छिन् ? अहिले प्रियंका बाली पुगेकी छिन् । प्रेमी आयुष्मान देशराज जोशीसँग उनी बाली पुगेकी हुन् । बालीमा यी दुइको रमाइलो मुड सामाजिक संजालमा छरपष्ट छ ।

अभिनेत्री कार्कीले विकिनी तस्बिर राख्दै आफू समुन्द्र जस्तै स्वतन्त्र, विशाल र निडर हुन चाहेको बताएकी छिन् । उनले आफू उड्न चाहेको पनि लेखेकी छिन् । तर, प्रियंकाको शब्द यत्तीमा मात्र सिमित छैन ।

उनले आफुलाई आयुष्मानसँग विश्व टुर गर्न मन लागेको पनि लेखेकी छिन् । प्रियंकाका यी सपना आयुष्मानले पुरा गर्लान् त ? लक्षण त यस्तै देखियो ।

For More videos Log on to Mazzako TV