नम्रता श्रेष्ठ अभिनित एक्सन फिल्म ‘जाइरा’ भदौ ६मा आउने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर रिलिज गर्न लागिएको फिल्ममा नम्रताका अलावा अनुप विक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

नम्रताले ‘जाइरा’का लागि भनेरै आफ्नो कपाल समेत छोटो पारेकी थिइन् । उनले आफ्नो तौल समेत ५१ केजीबाट घटाएर ४३ केजी पुर्याएकी थिइन् । उनले फिल्म कै लागी ६ महिना एक्सन तालिम समेत लिएकी थिइन् ।

आशुतोष राज श्रेष्ठ निर्देशक रहेको फिल्ममा प्रशन्न गोपाली कार्यकारी निर्माता हुन् ।बाबु श्रेष्ठको छायांकन,लोकेश बज्रचार्यको सम्पादन रहेको फिल्ममा कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत र सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेकोछ ।

For More videos Log on to Mazzako TV