मनोरन्जन क्षेत्रमा दुस्मनी र मिलन खेलको एक हिस्सा मानिन्छ । यो कुरा बलिउड फिल्म क्षेत्रमा निकै हुने गर्छ ।

यही बिषय अटाउने दुई नाम हो कपिल शर्मा र सुनिल ग्रोबर । एकताका यि दुईको जोडीले
बलिउडको ‘स्टान्डप कमेडी’लाई छुट्टै लेबलमा पुर्यायो । केहि समय अघी यिनिहरु बिच यस्तो दुस्मनी भयो कि जसले दुबैको उचाइमा रहेको प्रोफेसन लाई तहस नहस पार्यो । अझ बिशेष गरेर कपिल शर्माको त शो, फिल्म र मानसिक समस्यामै त्यस घाटनाले असर गर्‍यो ।

उक्त घटना पछी यो जोडी लाई पुन : एकसाथ देख्ने सम्भावना लगभग असम्भव जस्तै थियो । तर उनिहरु सलमान खानको पारिवारिक पार्टीमा उनीहरु एकसाथ पुगे । उनिहरु सोहेल खानकी पत्नी सीमा खानको जन्मदिन पार्टीमा सङ्गै देखिएका हुन्। सोहिल सलमानका कान्छा भाई हुन् ।

सलमान ‘द कपिल शर्मा शो’ को निर्माता पनि हुन् । उता उनको भारत फिल्ममा सुनिल ग्रोबर प्रमुख कलाकारको रुपमा देखिदै छन् । के अब कपिल र सुनिलको जोडी सलमानको पार्टीमा देखिए जस्तै पर्दामा पनि देखिएला त ?

For More videos Log on to Mazzako TV