सिनेमा जात्रै जात्राले प्रदर्शन मिति तय गरेको छ । यो सिनेमा अब वि.सं २०७६ सालको वैशाख महिनामा रिलिज हुन लागेको हो । यो चलचित्र वैशाखको २७ गतेबाट नेपालभर रिलिज हुने निर्माता रविन्द्र सिंह बाँनियाले बताएका छन् ।

जात्रा सिनेमा हिट भएका कारण पनि जात्रै जात्रालाई दर्शकले प्रतिक्षा गरिरहेका छन् । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा विपिन कार्की, बर्षा राउत, रविन्द्र झा र रविन्द्रसिंह बाँनियाको मुख्य भूमिका छ । चलचित्र जात्राको सिक्वेल हो ।

यसैविच, यो फिल्ममा समावेश माया पिरिम बोलको गीतको भिडियो आउँदो आइतबार सार्वजनिक हुने निर्माणपक्षले बताएको छ । चलचित्रलाई यादव पौडेल र सिंगे लामाले मिलेर बनाएका हुन् ।

For More videos Log on to Mazzako TV