अभिनेता प्रदिप खड्का अभिनित सिनेमा लभ स्टेशन चैत्रको २२ गतेबाट रिलिज हुँदैछ । तर, सिनेमा रिलिज नहुँदै एउटा विवादमा भने फसेको छ । सिनेमाको एउटा दृश्य टर्कीको एक सिनेमाको दृश्यसँग मिलेपछि प्रदिपलाई यसको जवाफ दिनु परेको छ ।

अभिनेता खड्काले विश्वमा विभिन्न सोचका साथ सिनेमा बन्ने भन्दै कुन नै कुनै सोचसँग सिनेमाको दृश्य वा कथा मिल्ने बताए । तर, लभ स्टेशनको कथा भने नमिलेको उनको दाबी छ ।

सिनेमा लभ स्टेशनको ट्रेलरमा समावेश दृश्य मिल्नु स्वभाविक भएको प्रदिपको भनाई छ । अभिनेता खड्काले आफ्नो मजाक गर्ने बानी हटाउने पनि बताएका छन् ।

For More videos Log on to Mazzako TV