अभिनेता अनमोल केसीले ए मेरो हजुर ३ पछि कुन फिल्म गर्लान् भन्ने चासो छ । दोश्रो हप्तामा रिलिज भैरहेको सिनेमा क्याप्टेनको व्यापार सुखद भएपछि उनलाई लिएर सिनेमा बनाउँदा घाटा हुँदैन भन्ने निर्माताले वुझेका छन् ।

यसैले पनि उनलाई अफर गर्नेको भिड लामो छ । यसैविच, उनलाई निर्देशक अपिल बिष्टले एक सिनेमाका लागि अफर गरेका छन् । उनलाई सिनेमा प्रतापबाट अफर आएको हो । लभ स्टोरी कथामा बन्न लागेको यो सिनेमाको वन लाइन कथालाई अनमोलले मन पराएका छन् । तर, अनमोलले सिनेमाको फाइनल कथा मागेका छन् ।

फाइनल कथा आएपछि मात्र के गर्ने भन्ने अनमोलले निर्णय लिनेछन् । सिनेमा प्रतापमा काम गर्न अभिनेता केसी तयार भएको खण्डमा यो सिनेमालाई जेठबाट सुरु गर्ने योजना अनमोलको छ ।

For More videos Log on to Mazzako TV