अभिनेत्री नम्रता श्रेष्ठको प्रेम त छिपेको छैन । उनी केही समयदेखि व्यापारी दावा शेर्पाको प्रेममा छिन् । यो कुरा मिडियामा पनि लुकेको कुरा होइन । तर, नम्रता र दावाले आफूहरुलाई सार्वजनिक कार्यक्रममा सकेसम्म दुरी बनाउने गरेका छन् ।

यसैले पनि नम्रता र दावा एकसाथ खुल्न नचाहेको वुझ्न सकिन्छ । तर, दावाको जन्मदिनमा नम्रताले शुभकामना दिएकी छिन् । उनले ह्याप्पी बर्थ डे लभ भन्दै उनलाई शुभकामना दिएकी हुन् । नम्रता र दावाले एक अर्कालाई निकै माया गर्ने गरेका छन् ।

नम्रता समस्यामा रहँदा दावाले साथ दिदै आएका थिए । उनीहरुले बिहेको बिषयमा भने केही पनि बोलेका छैनन् ।

For More videos Log on to Mazzako TV